प्रचण्डको प्रश्न : ‘नेतालाई बचाउने सेनाले सिंहदरबार र सर्वोच्च किन बचाउन सकेन ?’
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूलाई बचाउन सफल नेपाली सेनाले सिंहदरबार र सर्वोच्च अदालतजस्ता राष्ट्रिय संस्थानहरू किन बचाउन सकेनन् ? भन्ने प्रश्न उठाएका छन् । शुक्रबार सम्पादकहरूसँगको संवादका क्रममा प्रचण्डले यस्तो प्रश्न गर्दै अहिलेको राजनीतिक र राष्ट्रिय संकटको पृष्ठभूमिबारे विस्तृत टिप्पणी गरे ।
