SHARE
लोक पथ · शुक्रबार​ २४ असो २०८२ १०:५३ AM · 1 मिनेट पढाइ

इलामको देउमाई नगरपालिकाका मेयरलाई नै युवाहरुले राहत दिएपछि…

काठमाडौं । गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन्। भीषण वर्षातपछि आएको पहिरोले देउमाईका धेरै बासिन्दाको जनजीवन कष्टकर बनाएको छ । पीडितहरू गाँस, बास र कपासको ठेगान नभएर मारमा परेका छन् ।