‘नेपाललाई विपद् प्रतिकार्यमा थप सहयोग गर्न तयार छौँ’
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्ट र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबिच शुक्रबार सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा पछिल्लो मनसुनी विपद्पश्चातको राहत तथा सुरुवाती पुनर्स्थापनाबारे छलफल भएको थियो ।
