जापानले नेपाललाई दियो १३२ रनको लक्ष्य
काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा जापानले नेपाललाई १३२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको हो । जापानका लागि कप्तान केन्डेल काडोवाकीले सर्वाधिक ६० रन बनाए ।
