नेपाली सेनाले भन्यो– ‘जेनजी आन्दोलनपछि परिस्थितिको मूल्यांकन गरी निर्णय लिएका हौँ’
काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनबाट सिर्जित परिस्थितिलाई मूल्यांकन गरेर आवश्यक्ता अनुसार पहलकदमी लिएको जनाएको छ । जेनजी आन्दोलनका क्रममा विभिन्न संरचना ध्वस्त हुँदा नेपाली सेनाले सहयोग नगरेको भन्दै आलोचना भइरहेका बेला आज विज्ञप्ति जारी गर्दै सेनाले त्यसबारे स्पष्ट पारेको हो ।
