SHARE
लोक पथ · शुक्रबार​ २४ असो २०८२ ०१:१९ PM · 1 मिनेट पढाइ

एमालेको निष्कर्ष– ‘सरकार मुलुकलाई मुठभेडतर्फ लैजान उद्यत देखियो’

काठमाडौं । नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ । शुक्रबार गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकमा बोल्दै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले यस्तो बताएका हुन् । उनले यसको अविलम्व अन्त्य गरी सिंगो देशलाई एक ठाउँमा उभ्याउने वातावरण निर्माण हुनुपर्ने बताए ।