SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

इतिहासको विरासत र वर्तमानको परीक्षामा गगन

नेपाली कांग्रेसको १५औं महाधिवेशन पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि एउटा महत्वपूर्ण घटना हो। महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया होइन, यो विगतको समीक्षा, वर्तमानको आत्ममूल्यांकन र भविष्यको राजनीतिक दिशानिर्देश तय गर्ने अवसर पनि हो। यस महाधिवेशनबाट गगन थापालगायत पुराना अनुभवी तथा नयाँ अनुहारहरू नेतृत्वमा चयन हुनुले पार्टीभित्र अनुभव, पुस्तान्तरण र परिवर्तनको अपेक्षालाई एकै ठाउँमा उभ्याएको छ।तर, लोकतन्त्रमा नेतृत्व चयन हुनु आफैंमा उपलब्धिको अन्तिम बिन्दु होइन।