SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

दसैंमा रामलीलाको रमाइलो

नेपालगन्ज : भारतको वृन्दावनबाट भगवान् श्रीराम र रावणसहितको भूमिका निभाउन २५ जना कलाकार नेपालगन्ज आइपुगेका छन्। घटस्थापनासँगै उनीहरूले रामलीला मैदानमा मर्यादापुरुषोत्तम श्रीरामको कथामा आधारित लीला मञ्चन गर्ने छन्। नेपालगञ्जमा यो १५९औं लीलामञ्चन हुनेछ। ऐतिहासिक श्रीरामलीला महामहोत्सव असोज २५ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा वृन्दावन धामका प्रसिद्ध राधाकृष्ण शर्माजी महाराजद्वारा संगीत, आधुनिक सजावट तथा आकर्षक दृश्यसहितको मनमोहक रामलीला प्रस्तुत गरिनेछ ।