हालान्डले तोडे मेसीको कीर्तिमान
एजेन्सी /लन्डन : इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ हालान्ड युईएफए च्याम्पियन्स लिग फुटबलमा ६० गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध बुधबार राति दुई गोल गर्दै हालान्डले अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीको कीर्तिमान तोडेका हुन्। २६ वर्ष ८५ दिनका हालान्डले च्याम्पियन्स लिगमा ६० गोल पूरा गर्दा मेसीले यही उपलब्धि हासिल गर्दा २६ वर्ष ८६ दिनका थिए।
