SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च, आन्तरिक अर्थतन्त्र सुस्त

काठमाडौं : विदेशबाट रेमिट्यान्सको प्रवाह निरन्तर बढेसँगै देशको बाह्य अर्थतन्त्र अत्यन्त मजबुत बनेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च विन्दुनजिक पुगेको छ भने शोधनान्तर स्थिति १८७ अर्ब ६८ करोड रुपैयाँ बचतमा छ। बैंकहरूमा लगानीयोग्य रकम थुप्रिए पनि आन्तरिक अर्थतन्त्र भने सुस्त देखिएको छ। बढ्दो महँगी, कमजोर व्यापार, निजी क्षेत्रमा कर्जा मागको कमी र निराशाजनक पुँजीगत खर्चका कारण बाह्य क्षेत्रको उत्साहजनक सूचकको प्रभाव बजारमा देखिन सकेको छैन।