केपी ओलीले भनेजस्तो ‘सामाजिक सञ्जाल’ नेपालमा दर्ता छैनन् ? कर तिर्दैनन् ?
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार पनि सामाजिक सञ्जाल नेपालमा दर्ता नरहेको र तिनले व्यवसाय गरेर आम्दानी गरिरहे पनि कर नतिरेको झुठो दाबी गरे । सरकारमा रहँदा पनि सामाजिक सञ्जालप्रति असहिष्णु बनेका ओलीको सत्ताबाट बहिर्गमनको कारणमध्ये एउटा कारण सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध पनि थियो ।
