विपी राजमार्ग एकतर्फी सञ्चालनमा, आइतबारदेखि दुईतर्फी नै चल्ने
संघीय राजधानी काठमाडौंलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने विपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट राजमार्गको काभे्र र सिन्धुलीको विभिन्न १३ ठाउँ क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रुपमा मर्मत गरी एकतर्फी रुपमा सञ्चालन गरिएको छ । सडक दुईतर्फी रुपमा भने आइतबारबाट सञ्चालनमा आउने संघिय सडक सुपरिपेक्षण तथा अनुगमन कार्यालय काठमाडांैका प्रमुख शुभराज न्यौपानेले बताए।
