जेन्जी आन्दोलनका शहिद परिवारलाई गोल्याण ग्रुपले शिक्षा र स्वास्थ्यमा सघाउने
जेन्जी आन्दोलनका शहिद परिवारका सदस्यहरुलाई गोल्याण ग्रुपले सहयोगको घोषणा गरेको छ। गोल्याण ग्रुपले शहिद परिवारमा रहेका बालबालिकालाई १२ कक्षासम्मको शैक्षिक सहयोग गर्ने भएको हो। साथै शहीदका आमाबुबाका लागि व्यापक स्वास्थ्य बीमा कभरेजको व्यवस्था पनि गोल्याण ग्रुपले गर्ने भएको छ ।
