प्रस्तावित राजदूत थापाको पीआर त्याग र जापानसँगको स्वार्थको द्वन्द्वमाथि प्रश्न
जापानका लागि प्रस्तावित नेपाली राजदुत डा. जिज्ञानकुमार थापाको संसदीय सुनुवाईका क्रममा सांसदहरूले उनको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), स्वार्थको द्वन्द्व तथा परिवारको हैसियतका कारण उत्पन्न हुनसक्ने कुटनीतिक जटिलतामाथि प्रश्न उठाएका छन् ।
