बीपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, भोलिदेखि यातायात चल्ने
रामेछाप – गत असोज १७ गते रातिदेखि ३ दिनसम्मको वर्षाको कारण रोशी खोलामा आएको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । बाढीले क्षति पुर्याएको सडक भोलि शुक्रबार दिउँसोसम्म निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने लक्ष्यका साथ प्राविधिक टोली खटिरहेको छ ।
