SHARE
लोक पथ · बिहीबार २३ असो २०८२ ०८:३० AM · 1 मिनेट पढाइ

नेतान्याहूद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा, स्वीकृतिका लागि भोलि मन्त्रिपरिषद् बैठक बस्ने

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम र बन्धक मुक्तिको लागि हमाससँग भएको सम्झौताको प्रशंसा गर्दै सम्झौताको अनुमोदन गर्नका लागि शुक्रबार मन्त्रीमण्डल बोलाउने निर्णय गरेको जनाएका छन् । नेतान्याहूले विज्ञप्ति मार्फत सम्झौता भएको दिन इजरायलका लागि एउटा महान दिन भएको भन्दै सम्झौतामा  ‘सबै’ बन्धकहरूको रिहाइ समावेश भएको बताएका छन् ।