योगेश भट्टराईले फिर्ता गरे रातो पासपोर्ट
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) विभागमा फिर्ता गरेका छन् । उनले आफैँ राहदानी विभागमा पुगेर पासपोर्ट बुझाएका हुन् । गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो ।
