स्याङ्जामा अवैध नदिजन्य पदार्थ उत्खनन्, दुई ट्र्याक्टर नियन्त्रणमा
काठमाडौं । स्याङ्जामा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् र ओसार–पसारमा संलग्न दुई ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार राति चापाकोट नगरपालिका–७, बनकट्टा घाटबाट लु.४ त १८६४ र लु.४ त ९७२४ नम्बरका ट्र्याक्टरहरू नियन्त्रणमा लिइएका हुन् ।
