SHARE
लोक पथ · बिहीबार २३ असो २०८२ ०९:३९ AM · 1 मिनेट पढाइ

पर्सा-बारामा हैजा विरुद्धको खोप अभियान सञ्चालन हुँदै

काठमाडौं । पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । सो जिल्लामा फैलिएको हैजाको महामारी तथा हालैको वर्षापछि आएको बाढीले ती क्षेत्रमा सिर्जना गरेको उच्च जोखिमलाई ध्यानमा राखी खोप अभियान सञ्चालन गरिने भएको हो ।