SHARE
लोक पथ · बिहीबार २३ असो २०८२ ०९:५३ AM · 1 मिनेट पढाइ

ओलीले भने : ‘गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मञ्जुर छैन, के गर्नुछ गर्नुस्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाको छानबिनका लागि बनेको आयोगलाई अस्वीकार गरेका छन् । भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै ओलीले आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि नै प्रश्न उठेको भन्दै एमाले र जनताले उक्त आयोग नमान्ने घोषणा गरे ।