SHARE
लोक पथ · बिहीबार २३ असो २०८२ ०९:५४ AM · 1 मिनेट पढाइ

सिराहामा बसबाट खसेर सहचालकको मृत्यु

काठमाडौं । सिराहामा बसबाट खसेर सहचालकको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका-९, जिरोमाइल नजिक बिहीबार बिहान बसबाट खसेर सहचालकको मृत्यु भएको हो । विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना ७ ख २६५ नम्बरको यात्रुबाहक बसबाट लहान नगरपालिका-१ निवासी २१ वर्षीय पवनकुमार यादव खसेर गम्भीर घाइते भएका थिए ।