SHARE
लोक पथ · बिहीबार २३ असो २०८२ १०:३४ AM · 1 मिनेट पढाइ

शहीद तथा घाइते परिवारको माग – ‘जेनजीहरुले अब छुट्टै राजनितिक दल खोल्नुपर्छ’

काठमाडौं । जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले आन्दोलनका उपलब्धि जोगाउनका लागि अब ‘जेनजीहरूको आफ्नै राजनीतिक दल’ गठन गर्नुपर्ने बताएका छन् । आन्दोलन भएको एक महिना पुगेको अवसरमा बिहीबार  काठमाडौंको नवदुर्गा होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरूले यस्तो धारणा राखेका हुन् ।