पदाधिकारी बैठकमा गगनले राखे नियमित महाधिवेशनको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसमा नियमित महाधिवेशनको कुरा उठेको छ । आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव अघि सारेका हुन् । पार्टी कार्यालय सानेपामा पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बसेको थियो ।
