SHARE
लोक पथ · बिहीबार २३ असो २०८२ ११:१५ AM · 1 मिनेट पढाइ

टियु क्रिकेट मैदानको काम समयमा सक्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर्माण छिटो सक्न निर्देशन दिएका छन् । बिहीबार उनले मैदानको स्थलगत निरीक्षण गर्दै आगामी मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अघि निर्माण कार्य पूरा  गर्न  निर्देशन दिएका हुन् ।