इलाम विपद् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं । हालैको बाढीपहिरोबाट ठुलो मानवीय क्षति व्यहोरेको इलाम जिल्लालाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले इलामलाई आगामी तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बाढी पहिरोका कारण इलाममा ३९ जनाको मृत्यु भएको छ ।
