भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोग र सबै जिल्लाका जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
