SHARE
लोक पथ · बिहीबार २३ असो २०८२ १२:३२ PM · 1 मिनेट पढाइ

कांग्रेसले भन्यो– ‘जेनजी आन्दोलनका क्रममा लुटपाट र तोडफोड गर्नेमाथि कारबाही होस्’

काठमाडौं । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपातमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।