किन भनियो ? ‘कहीँ नभएको जात्रा, हाँडीगाउँमा’
काठमाडौं । ‘कहीँ नभएको जात्रा, हाँडीगाउँमा’ भन्ने उखान नेपाली जनजिब्रोमा प्रचलित छ । यही अर्थात् चोक्काथुनारायणको जात्रा हेर्न यतिबेला हाँडीगाउँ क्षेत्रमा दर्शकको घुइँचो छ । काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने यो जात्रा हेर्न धेरै मानिस हाँडीगाउँ क्षेत्रमा जम्मा भएका छन् ।
