कर्णालीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना, ५ हजार बढी प्रहरी परिचालन
वीरेन्द्रनगर : दशैं, तिहार र छठ लगायतका चाडपर्वहरुलाई लक्षित गर्दै कर्णाली प्रदेशमा विशेष सुरक्षा योजना लागू गरिएको छ। सुर्खेतमा आयोजित ‘चाडपर्व सुरक्षा विशेष नागरिकसँग चियापान कार्यक्रम’ मा कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) जयराज सापकोटाले प्रदेशभर ५ हजार बढी प्रहरी परिचालन गरिएको जानकारी दिए।अपराधमुक्त र सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीच विश्वास, सहकार्य र समन्वय बलियो हुनुपर्ने उनको भनाइ छ।
