तातोपानी नाका सञ्चालनको माग गर्दै चिनियाँ राजदूतलाई चिठी
नेपाल हिमालय सीमापार वाणिज्य संघले तातोपानी नाका तत्काल सञ्चालनका लागि नेपालस्थित चिनियाँ राजदूतावासको ध्यानाकर्षण गराएको छ । संघले नेपालका लागि चीनका राजदूत झाङ माओमिङलाई पत्र पठाउँदै चाडपर्वको व्यापारका लागि तातोपानी–खासा नाका तत्काल पुनः सञ्चालनको व्यवस्थाका लागि अनुरोध गरेको हो ।
