निर्माण व्यवसायी संघ सल्यानको २२औं साधारण सभा तथा १०औं अधिवेशन सुरू
वीरेन्द्रनगर : ‘पेशागत हकहितका लागि व्यावसायिक एकता,गुणस्तरीय निर्माण आजको आवश्यकता’भन्ने मूल नारासहित निर्माण व्यवसायी संघ सल्यानको २२औँ साधारण सभा तथा १०औँ अधिवेशन सल्यानमा सुरू भएको छ । निर्माण व्यवसायी संघ सल्यानका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको अध्यक्षता तथा कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष मानव बमको प्रमुख आतिथ्यतामा कार्यक्रम सोमबार सुरु भएको हो ।
