SHARE
अन्नपूर्ण · सोमबार २६ असो २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

गलौँदीमा मर्मतका लागि राति ५ घण्टा पृथ्वी राजमार्ग बन्द हुने

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ गलौँदीमा सडक मर्मतसम्भारका लागि सोमबार राति पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि नयाँ ट्र्याक निर्माण गरी दुईतर्फी रूपमा सवारी सञ्चालन गरिएको सडकखण्डमा थप मर्मतसम्भार गर्नुपर्ने भएकाले आवागमन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।