भारत र चीनसहित चार देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
काठमाडौं : विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीमाथि छलफल भइरहेको समिति सचिवालयका सहसचिव (कानुन) लक्ष्मीप्रसाद गौतमले जानकारी दिए। गौतमका अनुसार आजको बैठकमा प्रस्तावित १३ जना राजदूतमध्ये चारजनाको संसदीय सुनुवाइ भइरहेको हो।बैठकमा प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीमाथि छलफल भइरहेको छ। बैठकमा उजुरीकर्ताहरूलाई समेत बोलाएर छलफल गर्ने कार्यसूची रहेको छ।
