विराटनगरमा सीजी डिजिटलको मल्टिब्रान्ड शोरुम सञ्चालन, दशैंमा के-के छन् अफर ?
काठमाडौं : सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सञ्चालित ‘सीजी डिजिटल’ ले कोशी प्रदेशको राजधानी विराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले यसलाई आफ्नो रिटेल नेटवर्कअन्तर्गतको २८औँ शोरुम तथा नेपालकै सबैभन्दा ठूलो मल्टिब्रान्ड शोरुम सञ्चालनमा ल्याएको हो। नेपाल चेम्बर अफ कमर्स, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सिजी डिजिटलको विराटनगर शोरुमको ग्रान्ड ओपनिङ गरेका हुन्।
