रियल इस्टेट क्षेत्रको सुदृढीकरणका लागि सहकार्यमा जोड
रियल इस्टेट एसोसिएसन अफ काठमाडौँ (REAK) ले बडा दशैं, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा “शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम” सम्पन्न गरेको छ। कार्यक्रममा काठमाडौँ उपत्यकामा सञ्चालित ८० भन्दा बढी इजाजतपत्र प्राप्त रियल इस्टेट एजेन्सी कम्पनीहरूको स्वतःस्फूर्त र उत्साहजनक सहभागिता रहेको थियो।
