जलवायुजन्य जोखिमको खतरामा मधेस
जनकपुरधाम : जलवायु परिवर्तनको जोखिमले मधेसमा पनि ठूलो खतरा निम्त्याउन सक्ने विज्ञहरू बताउँछन्। मधेस प्रदेशमा जलवायुजन्य प्रकोप खासगरी नदी तथा जल उत्पन्न विपद्ले ठूलो त्रासदी निम्त्याउन सक्ने विभिन्न अध्ययनले देखाएका छन्।बर्सेनि नदी किनाराको कटान, डुबान र पटानका कारणले मधेसमा कृषि उत्पादन, भौतिक पूर्वाधार र जनधनको हानिनोक्सानी हुने गरेको छ।
