प्रस्तावित चार राजदूतको आज संसदीय सुनुवाइ हुँदै
काठमाण्डु – संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ सोमबार गर्दैछ । सार्वजनिक लेखा समितिको सभाहलमा सुनुवाइ हुनेछ । समितिले असोज २३ गते सूचना प्रकाशित गरेर समितिको १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ तथा उनीहरू विरुद्ध परेका उजुरीमाथि सोमबार छलफल गर्ने सूची तय गरेको थियो।
