SHARE
पर्दाफास · सोमबार २६ असो २०८३ ०२:४३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि राहत कोषमा १७ अर्ब ५४ करोड जम्मा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो ।