SHARE
प्रदेश खबर · सोमबार २६ असो २०८३ ०१:५४ AM · 1 मिनेट पढाइ

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । बुढानीलकण्ठस्थित बालउद्धार माविका प्रधानाध्यापक कुटपिट प्रकरणमा दुई जना पक्राउ परेका छन् । प्रधानाध्यापक विनोद पण्डित आफ्नो विद्यालयको प्राङ्गणमा पिटिएका थिए । भर्नासम्बन्धी विवादलाई लिएर उनीमाथि हातपात गर्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।