SHARE
अन्नपूर्ण · सोमबार २६ असो २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

भोटेकोशीपछि बुढीगण्डकीमा बाढीको वितण्डा

गोरखा : बुढीगण्डकीको सहायक खोला हो– स्यार। स्यारको पनि सहायक खोला उङ्गिलुङमाथि शनिबार राति सुक्खापहिरो खस्यो। चुमनुब्री गाउँपालिका—६ स्थित उङ्गिलुङ खोला लामो समय थुनिएर आइतबार बिहान ४ बजेतिर एक्कासि खुल्दा स्यारखोला हुँदै बुढीगण्डकीमा पानीको बहाब बढ्यो। लेदोसहितको बाढीले उडाएको कालो बाफले बुढीगण्डकी उपत्यका आइतबार दिनभर त्रासमय बन्यो।बाढीले विभिन्न ठाउँमा पहिरो झर्दा बुढीगण्डकी आइतबार बिहान पटक–पटक थुनिँदै–खुल्दै गर्‍यो।