SHARE
अन्नपूर्ण · सोमबार २६ असो २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

गगनको परीक्षा, कांग्रेसको भविष्य

आफ्नै माउ पार्टी नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रको नीति समातिरहँदा पनि सडकमा गणतन्त्रको नारा लगाउँदै उदाएका थिए, गगन थापा। त्यहीबापत उनी नेपाल विद्यार्थी संघको महामन्त्री छँदै पार्टी नेतृत्वको आँखी भए। तर पछि पार्टीले नै गणतन्त्रको नीति अंगीकार गर्‍यो । समयको पदचाप पछ्याउँदै पार्टी नीतिविपरीत पनि जान सक्ने र पछि पार्टीलाई नीति फेर्न बाध्य पार्नेसम्मको सामथ्र्य राखेको इतिहास छ थापासँग। तिनै गगन थापा आज मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको सभापित निर्वाचित भएका छन्।