कांग्रेस महाधिवेशन : मधेसको मतपेटिका हराएको समाचार भ्रमपूर्ण भएको निर्वाचन समितिको दाबी
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण रहेको निर्वाचन समितिले जनाएको छ । सञ्चारमाध्यममा मधेस प्रदेशको मतपेटिका हराएको समाचार प्रकाशित भएपछि निर्वाचन समितिले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचार भ्रमपूर्ण रहेको बताएको हो ।
