SHARE
प्रदेश खबर · आइबार​ २५ असो २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

प्राचार्य कुटपिट प्रकरणमा दुईजना पक्राउ

काठमाडौं : बुढानीलकण्ठस्थित बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुईजना पक्राउ परेका छन् । प्राचार्य विनोद पण्डित आफ्नो विद्यालयको प्राङ्गणमा पिटिएका थिए । भर्नासम्बन्धी विवादलाई लिएर उनीमाथि हातपात गर्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।