SHARE
अन्नपूर्ण · आइबार​ २५ असो २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

विद्यालय भवन बनाउन सरकारले जग्गा उपलब्ध गराओस् : प्रधानाध्यापक दवाडी

काठमाडौं : त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले विद्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्रिशूली बाढीमा विद्यार्थीको ज्यान जोगाउन सफल भएका प्रधानाध्यापक दवाडीले काठमाडौंमा आयोजित अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन डे)को अवसरमा सरकारले विद्यालयका लागि जग्गा उपलब्ध गराएर बालबालिकाको भविष्य सुनिश्चित गर्नुपर्ने बताएका हुन्।