बुढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतलाई तीव्रता : गृहमन्त्री गुरुङ
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रस्थित बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिएको बताएका छन्।आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि मन्त्री गुरुङले राहत सामग्रीसहित उद्धारको काम भइरहेको जानकारी दिएका हुन्। उनले बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेकाले सोलारमार्फत बत्ती र टेलिफोन सेवा सुचारु गर्ने काम भइरहेको बताए।
