SHARE
अन्नपूर्ण · आइबार​ २५ असो २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

पृथ्वी राजमार्ग सुचारु, गलौँदीमा नयाँ ट्र्याकबाट चल्ने थाले सवारी साधन

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ गलौँदीमा भासिएको सडकको विकल्पमा नयाँ ट्र्याक निर्माण गरी सवारी आवागमन सुचारु गरिएको छ। तर, सवारीसाधनको अत्यधिक चाप र कमजोर ट्राफिक व्यवस्थापनका कारण यात्रु र चालकले भने सास्ती खेप्नुपरेको छ।त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि शुक्रबारदेखि अवरुद्ध भएको राजमार्गमा शनिबार मध्यराति नयाँ ट्र्याकबाट रोकिएका सवारीसाधन पास गराइएको थियो। त्यसपछि सवारीसाधन गन्तव्यतर्फ जान थालेका हुन्।