दक्ष जनशक्तिको अभाव नै देशको प्रमुख चुनौती : श्रममन्त्री यादव
भक्तपुर : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले दक्ष जनशक्तिको अभाव देशको प्रमुख चुनौती भएको बताएका छन्।भक्तपुरको सूर्यविनायक–४, दधिकोटमा स्थापना गरिएको ‘एभरेस्ट मल्टी स्किल’को आइतबार उद्घाटन गर्दै मन्त्री यादवले बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन हुन नसक्दा बेरोजगारी बढेको बताए। “बजारले खोजेको सीप र हामीले उत्पादन गरिरहेको जनशक्तिबिचको अन्तर नै अहिलेको प्रमुख चुनौती हो।
