SHARE
पर्दाफास · आइबार​ २५ असो २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

बूढीगण्डकी बाढी : ५ जना बेपत्ता, प्रभावित क्षेत्रमा ४३७ सुरक्षाकर्मी परिचालन

गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा रहेका बेला बेपत्ता भएका हुन् ।