SHARE
अन्नपूर्ण · आइबार​ २५ असो २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

स्याङ्जाको बिरुवामा आँखा शिविर, ९ सय ११ जना लाभान्वित

स्याङ्जा : बिरुवा गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको शिविरबाट ९ सय ११ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। उनीहरुलाई आवश्यक औषधी र चश्मा समेत उपलब्ध गराइएको छ। गाउँपालिकाको आयोजना, बिएम फाउण्डेसनको सहआयोजना तथा वि.पि.नेत्र प्रतिष्ठान, भक्तपुरको प्राविधिक सहयोगमा सबै वडामा पुगेर शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सूर्य कुँबरले जानकारी दिए। गाउँपालिकामा ८ वटा वडा छन्।  असोज २१ देखि २४ गतेसम्म शिविर सञ्चालन गरिएको थियो।