बाढीका कारण विकास हाइड्रोको प्रसारण लाइनमा क्षति, उत्पादन बन्द
आज आइतबार बिहान बुढीगण्डकी नदीमा आएको भीषण बाढीले विकास हाइड्रोपावरको प्रसारणलाइनमा क्षति पुगेको छ । कम्पनीका अनुसार प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ। आयोजना भने पूर्णरुपमा सुरक्षित छ। हालसम्म क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको कम्पनीले जनाएको छ।
